मानवता हराएको देश साउदीमा धर्मको नाममा आमाकै अगाडी रेटियो छोराको घाँटी

  • 2.6K
  •  
  •  
    2.6K
    Shares

एजेन्सी । आफ्नै आमाको अगाडी ६ वर्षिय छोराको घाँटी रेटेको घटनाले यतिबेला अन्तराष्ट्रिय सञ्चारमाध्यम निकै तातेको छ । इस्लामको गलत धारमा रहेको भन्दै ६ वर्षिय बालकको घाँटी रेटी हत्या गरिएको थियो । यो घटना साउदी अरबको हो ।

इस्लाममा रहेको गलत धारको रुपमा रहेको आरोपमा जकरिया अल जबर नाम गरेका ६ वर्षिय बालकको हत्या गरिएको हो । सिया र सुन्न्नी बिचको विवादमा भएको ठूलो मतभेदकोे कारण बालकको हत्या गरिएको थियो ।

यस्तो थियो घटनाको वास्तविकता

पवित्र मस्जिद मानिने साउदीको पैगंबर मुहम्मदको पवित्र मस्जिदमा एक महिला दर्शनको लागि पुगेकी थिइन् । जहाँ सिया मुसलमान हो की सुन्नी भन्ने विषयमा प्रश्न गर्दा उनले आफुलाई सिया मनपर्ने उत्तर दिएकी थिइन् । उनले उत्तर दिएको केही समयमा नै कार आयो र् उनीबाट छोरा खोसियो ।

त्यसपछि उनको छोरालाई केही समयमा नै सिसाको टुक्राले रेट्न खोजियो । ती बालकको टाउको सिसाकै टुक्राले रेटेर निर्मम हत्या गरियो । आफ्नै आँखा अगाडी छोराको यो हालत देख्न नसकेकी महिला रुदै चिच्याएर रोइरहिन् । तर त्यहाँ उनको त्यो चित्कार सुन्ने कोही थिएनन् ।

सुन्नी मुस्लिमको बाहुल्यता रहेको साउदी अरबमा सुन्नी मुस्लिमको कारण सिया मुस्लिमहरु पिडित हुने गर्छन् । यो घटना भएको थाहा पाएपछि विश्वभर छरिएर रहेका सिया मुस्लिमहरुले सुन्नी प्रत विरोध जनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 10 =