सावधान ! स्मार्टफोन किन्दा रेडियसन जाँच गरेर मात्रै लिनु होला ? नत्र आफ्नै लागि खतरा हुनेछ !

  • 32
  •  
  •  
    32
    Shares

काठमाडाैँ । स्मार्टफोन किन्दा हामी सबैभन्दा पहिले ब्याट्री कतिको टिक्छ, क्यामेराको क्षमता कस्तो छ फोटो राम्रो आउँछ आउँदैन् भन्ने मात्रै हेर्छौ । तर स्मार्ट फोन किन्दा आएको सानो बुकमा लेखिएको रेडियसन लेभलको बारेमा चेक जाँच गर्न भने खासै चासो राख्दैनौ । हामीले चौबिसै घण्टा बोक्ने मोबाइल फोनले हामीलाई कति असर गर्छ भन्ने बारे पनि खासै ध्यान दिँदैनौ ।

त्यसकारण हामीले स्मार्ट फोन लिँदा कुन फोनले कति बिकिरण उत्पादन गर्छ भन्ने कुराको मापन स्पेसिफिक एब्जसन रेट वा एसएआरबाट गरिन्छ । हुनत जतिपनि स्मार्ट फोन निर्माण भएका छन् ती सबैले हाम्रो स्वास्थ्यको लागि कति सम्म हानिकारक विकिरण उत्सर्जन गर्छ भन्ने थाहा पाउन एसएआर भ्यालू थाहा पाउनु जरुरी हुन्छ ।

विज्ञहरुको अनुसार मोबाइल फोनमा अधिकतम विकिरण भनेको १.६ बाट प्रति केजी भन्दा बढी स्वास्थ्यको लागि हानीकारक हुने गर्छ । अर्थात मोबाइल फोनको प्रयोग गरिरहँदा हाम्रो शरिरको प्रतिकिलो तन्तुले मोबाइलबाछ निस्कने रेडियो फ्रिक्वेन्सीको अधिकतम १.६ वाट भन्दा बढी उर्जा निकाल्यो भने शरिको लागि हानिकारक रहेको मानिन्छ । ०.६० प्रतिकेजी भन्दा कम एस ए आर रहेको स्मार्टफोन प्रयोग गर्नु स्वास्थ्यको लागि राम्रो रहेको छ ।

जर्मनको विकिरण सुरक्षा संघीय कार्यालयले नियमित रुपमा माबाइल फोन उत्पन्न गर्ने विकिरणको सूचिमा सार्वजनिक गरेको छ । पछिल्लो जानकारी अनुसार चिनियाँ स्मार्टफोन कम्पनी शाओमीको एम ए १ सबैभन्दा बढी विकिरण उत्पादन गर्ने स्मार्ट फोन रहेको बताएको छ । उक्त फोनमा १.७५ एस ए आर रहेको हुन्छ ।

दोस्रोमा वनप्ल ५ टी स्मार्टफोन छ जसको एस ए आर १.६८ रहेको छ । त्यस्तै शाओमीकै एम आइ म्याक्स थ्री को तेस्रो स्भानमा रहेको छ। जसमा १.५८ रहेको छ । वन प्लस ६ टी स्मार्टफोन चौथो स्थानमा रहेको छ । त्यसमा १.५५ रहेको छ । पाचौँमा एचटसीको यू १२ लाइफा स्मार्टफोनको एसएआर १.४८ रहेको छ छैटौँमा शाओमी एम आइ मिक्स थ्रीको १.४ रहेको छ । सातौँमा गुगल पिक्सेल थ्री को १.३९ र आठौँ स्थानमा वन प्लस फाइभको १.३९ रहेको छ ।

बढी विकिरण उत्पन्न गर्ने टप टेन स्मार्टफोनको एप्पल आइफोन परेको छ । नवौँ स्थानमा १.३८ रहेको छ । सोनी एक्सपेरिया एक्स जेड वान कम्प्याक्ट स्मार्टफोन दशौँमा रहको छ । यसमा १.३६ रहेको छ । एचटिर्सी डिजाएर १२ चाही १..३४ सँगै ११ औँ मा छ । गुगल पिक्सेल थ्री र वन प्लस सिक्स १.३३ एआर सहित १२ औँ र १३ औँ स्थानमा रहेको छ ।

यस्तै एप्पलकै आइफोन एट १.३२ एस एआरसहित १४ औँ मा रहेको शाओमी रेडमी नोट फाइभ १.२९ पन्ध्रौँमा रहेको छ । जेडटिइको एक्जोड सेभेन मिनी १.२९ सहित सोह्र स्थानमा रहेको छ । सबैभन्दा बढी रेडियसन भएको १६ वटा स्माटैफोन मध्ये ८ वटा चिनिया स्मार्टफोन ब्राण्ड शाओमी र वन प्ल्सको रहेको छ । यी मध्ये एप्पलको दुइवटा मोडेलको आइफोन सेभेन र एट पनि विकिरण उत्पन्न कम गर्ने सूचिमा रहेको छ ।

यी सबैभन्दा कम रेडियसन उत्सर्जन गर्ने स्मार्टफोन हुन् । जर्मन संघीय कार्यालयको उक्त सूचि अनुसार सामसुङ ग्यालेक्सी नोट ८ सबैभन्दा कम रहेको छ । ग्यालेक्सी नोेट ८ सबैभन्दा सुरक्षित हुन्छ । यसमा ०.१७ एस ए आर रहेको हुन्छ ।

हेरौ कुन कुन हुन त सबैभन्दा कम रेडिसियन उत्पन्न गर्ने स्मार्टफोन :

१.सामसुङ ग्यालेक्सी नोट ८ः एस ए आर ०.१७

२.जेडटिइ एक्जोन इलाइटः एस ए आर ०.१७

३.एल जी जी सेभेनः एस ए आर ०.२४

४.सामसुङ ग्यालेक्सी ए ८ः एस ए आर ०.२४

५.सामसुङ ग्यालेक्सी एस ८ प्लसः एस ए आर ०.२६

६.सामसुङ ग्यालेक्सी एस सेभेन एजः एस ए आर ०.२६

७.एचटिसी यू ११ लाइफः एस ए आर ०.२८८.एलजी क्यू ६ः एस ए आर ०.२८

९.सामसुङ ग्यालेक्सी एस नाइन प्लसः एस ए आर ०.२९

१०.मोटोरोला मोटो जी ५ प्लसः एस ए आर ०.३०

११.मोटोरोला मोटो जेडः एस ए आर ०.३०

१२.सामसुङ ग्यालेक्सी जे सिक्स प्लसः एस ए आर ०.३१

१३.जेडटिइ ब्ले ए ६१०ः एस ए आर ०.३१

१४.सामसुङ ग्यालेक्सी जे ४ प्लसः एस ए आर ०.३२

१५.सामसुङ ग्यालेक्सी एस ८ः एस ए आर ०.३२

१६.जेडटिइ ब्लेड भी ९ः एस ए आर ०.३२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

63 − = 55