काठमाडौँ मैंजुबहालमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

काठमाडौँ, २९ माघ (रासस) ः काठमाडौँ महानगरपालिका–७ गौरीघाटको मैंजुबहालस्थित सडकमा आज बिहान मोटरसाइकल पल्टिँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका–७ गौरीघाट मैंजुबहालका २४ वर्षीय पारस थपलिया रहेको छ । बा ६८ प १०७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटनामा भई गम्भीर घाइते भएका थपलियाको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

यसैबीच काठमाडौँ महानगरपालिका–३० रातोपुल बस्ने इन्दिरा ढकालको घरबाट आज बिहान अन्दाजी एक तोला सुन, १५० तोला चाँदी र नगद रु ३० हजार गरी करिब रु दुई लाख ५० हजार बराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्न व्यक्ति फरार रहेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =