प्रियंकाको फिल्मको प्रिमियरमा आएकी निककि पुर्व प्रेमिका माइली साइरसले किन बेवास्ता गरिन् प्रियंका र निकलाई ?

  • 490
  •  
  •  
    490
    Shares

एजेन्सी, एजेन्सी, हलिउड फिल्म ‘इज नट इट रोमाण्टिक’ को प्रिमियर सोमबार सम्पन्न भएको छ । प्रियंका चोपडा अभिनित यो तेस्रो हलिउड फिल्म हो । १३ फेब्रुअरीमा रिलिज हुन लागेको उक्त फिल्मको प्रिमियरमा प्रियंकासंगै उनका पति निक जोनस पनि उपस्थित थिए ।

प्रिमियरमा देखिएका यी क्युट कपलका तस्बिर र भिडीयो अहिले सामाजिक संजालमा भाईरल भैरहेका छन् । सार्वजनिक भिडीयोमा निक प्रियंका किस गरिरहेको देख्न सकिन्छ । यता निककि पुर्व प्रेमिका माईली साइरस पनि कार्यक्रममा उपस्थित थिइन् । उनका पति लियम हेम्स्वर्थको अनुपस्थितिमा उनि प्रिमियरमा आएकी थिइन् ।

लियम हेम्स्वर्थको पनि यस फिल्ममा अभिनय रहेको छ । फिल्मका अन्य कलाकारलाई संगै फोटोमा देखिए पनि माईली भने निक र प्रियंकादेखि टाढा नै रहिन् । नत फोटो नै खिचिन् । रेड ड्रेसमा क्युट देखिएकी उनले आफ्नो पतिको लागि मात्र कार्यक्रममा उपस्थित भएको एक इन्स्टा पोस्ट मार्फत लेखेकी थिइन् । कमेडी उक्त फिल्ममा प्रियंका चोपडासंगै रेबेल विल्सन, टम इलिस, लियम हेम्स्वर्थ लगायतकाको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

32 ÷ = 4