महेशको अन्तिम संस्कारमा किन आएनन् उनका छोरा र श्रीमती ? कस्ले गर्यो अन्तिम संस्कार ?

  • 101
  •  
  •  
    101
    Shares

काठमाडौ । यो संसारमा जीवनको अन्तिम क्षणसम्म पनि साथ दिने आफ्नो छोराछोरी र जीवनसाथी मात्र हो भन्ने गरिन्छ । तर यो कुराको एक अनौठो घटनाले गर्दा झुटो ठहरिएको छ । यस्तो समस्यामा बलिउडका चर्चित खलनायक महेश आनन्द फसेका छन् । किनभने उनले ५ वटा श्रीमती विवाह गरेका थिए । त्यस्तै उनका छोरा पनि रहेका छन् । भारतीय केही सञ्चार माध्यमका अनुसार उनको १२ जना महिलाहरुसँग प्रेम सम्बन्ध पनि रहेको जनाइएको छ ।

तर उनको जीवनमा घट्यो यस्तो घटना । जीवनको अन्तिम क्षणमा आउदा पनि उनको जीवनमा साथ दिने कोही पनि भएनन् । किनभने महेशको सबै श्रीमतीहरुसँग राम्रो सम्बन्ध थिएन् । त्यसैले उनी एक्लै बस्ने गर्दथे ।

उनको केही दिन अगाडि मृत्यु भयो । । तर उनको मृत्युपछि अन्तिम संस्कार गर्नको लागी कोही पनि आएनन् । उनी ट्रयाक सुट लगाएका र मदिरा छेउमा रहेको अवस्थामा मृत भेटिएका थिए । त्यसपछि अभिनेत्री साहिला चढ्ढाले अन्तिम समयसम्म उनको शव लिन कोही नआएकाले आफूले अन्तिम संस्कार सोच बनाएकी बताइन् । तर महेशकी बहिनीले उनको शव जिम्मा लिएर अन्तिम संस्कार गरिन् ।

तर अनौठो कुरा महेशका छोराले उनको शवको वास्ता नै गरेनन् । यता महेश भने जिन्दगीभर छोरा लागी तडिपिरहेका थिए । उनको मृत्युमा आफन्तहरुको उपस्थिति सुन्य थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 + = 84