सावधान ! फ्याटी लिभर नै बन्न सक्छ क्यान्सरको कारण

  • 26
  •  
  •  
    26
    Shares

काठमाडौँ । अत्याधिक मदिरा सेवन गर्दा र तारेको भुटेको खानेकुराको सौखिन बढी हुने मानिसको फ्याटी लिभरको समस्या रहेको हुन्छ । यस्ता खानेकुराको सौखिन भएका मानिसहरुमा मटोपनको समस्या बढ्छ र कलेजोमा बोसो जम्ने समस्या देखा पर्छ यसलाई नै लाई फ्याटी लिभर भनिन्छ । यसरी कलेजोमा बोसो जम्दा कलेजोको कार्यक्षमतामा अबरोध आउँछ ।

कलेजोले तपाई हामीले सेवन गर्दै आएको पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट जस्ता तत्वलाई अलग गर्छ । आवश्यकता अनुसार शरिरको विभिन्न ठाउँमा पोषक तत्वहरु पुर्याउँछ । कलेजोले केही पोषकतत्व भण्डारण गर्छ । जब शरिरमा उर्जा कम हुन्छ त्यो बेलामा तुरुन्त उर्जाको आवश्यकता हुन्छ । त्यो बेलामाचय भएर रहेको उर्जाले काम गर्छ । त्यसकण कलेजोमा समस्या अयो भने शरिरले पोषक तत्वहरु ठिकसँग पाउन सक्दैन् ।

फ्याटी लिभरको समस्याको कारण कलेजो कमजोर हुन्छ । यस्तो समस्याले क्यान्सर हुने सम्भावना धेरै रहेको हुन्छ । यसको लागि जीवशैली र खानपानलाई ध्यान दिन सक्यौ भने यो समस्याबाट बच्न सकिन्छ । खानपानमा सुधार ल्याउन सकेमा हामी यस्तो समस्याबाट टाढा रहन सक्छौँ । पछिल्लो समय फ्याटी लिभरको सम्बन्धमा गरिएको एक अध्यनबाट गुलियो खाद्यय पदार्थ र चिसो पेय पदार्थको सेवनले मटोपन हुनबाट जोगिन सकिन्छ ।

यसबारेमा विज्ञहरुले गरेको अनुसन्धानमा १३ वर्षका करिब ४० जना बालबालिमा गरिएको अध्ययनबाट यो कुराको पुष्टि भएको हो । विशेषज्ञहरुको भनाइअनुसार फ्याटी लिभरको समस्या अत्याधिक मात्रामा सेवन गरिएको अल्कोहलले लिवर कलेजो सुन्निने समस्या उत्पन्न हुने र फ्याट बोसो जम्ने हुन्छ ।

त्यस्तै नन हल्कोहोलिक फ्टी लिभिर पनि हो । अन्य कारणहरुबाट पनि लिवरमा समस्या देखिन्छ । यी दुवैलाई जटि समस्याको रुपमा पहिचान गरिएको छ । त्यसकारण यसको बारेमा बुझ्न जो कसैलाई आवश्यकता रहेको छ ।

फ्याटी लिभर भएको कसरी थाहा पाउने त ?

नन अल्कोहोलिक फ्याटी लिभरको कुनै लक्षणहरु हुँदैन् फ्याटी लिभर भएमा केही समस्याहरु देखिदै जान्छ ।

१.थकान

२.पेटको दायाँ भागमा असह्य पिडा हुने ।

३.तौल कम हुनु

यसरी बच्न सकिन्छ फ्याटी लिभरको समस्या बाट

१.जीवनशैलीलाई परिवर्तन गर्ने

२.समयमा नै चिकित्सकसँग सल्लाह लिएर चिकित्सकको सल्लाह बमोजिम उपचार गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

98 − 90 =