‘चकलेट डे’ मनाउन रातको समयमा प्रेमी जोडी छतमा, बिहान भेट्यो परिवारले लाश

  • 315
  •  
  •  
  •  
  •  
    315
    Shares

काठमाडौ । हरियाणाको यमुनानगरमा ‘चकलेट डे’ मनाउन साँझमा छतमा डेटिङ गएका प्रेमी जोडी मृत भेटिएका छन् । १९ वर्षका सन्नी नामका युवक र १५ वर्षकी किशोरीको ११ किलोभोल्टको बिजुलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ । यी दुवै जोडीलाई केही समय अगाडि मात्र परिवारले उनीहरुको प्रेम सम्बन्ध स्वीकार नगरेकाले कहिल्यै नभेट्ने शर्तमा गाँउमा बैठक बसेर छाडिएको थियो ।

विहानै किशोरीको भाईले आफ्नो दिदीलाई ओछ्यानमा नदेखेपछि आमालाई सुनाएका थिए । त्यसपछि आमाले दुवै जनाको शव छिमेकीको छतमा भेटेकी थिइन् । छिमेकीको अनुसार ११ किलोभोल्टको लाइन मात्र २ फिट उचाइमा छतमा जाने बाटोतर्फ रहेकाले अध्यारोमा उनीहरुको करेन्ट लागेर मृत्यु भएको अनुमान गरेका छन् । किशोरी ८ कक्षामा पढदै थिइन् । युवक फर्निचरको काम सिकिरहेका थिए । उनीहरु परिवारको आँखा छलेर लुकिछिपी बेलाबेलामा भेटेने गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 × 1 =