सुपरमार्केटमा बिल तिर्न नसकेपछि रुन लागेकी महिलालाई के भने क्यासियरले सुटुक्क ?

  • 1.1K
  •  
  •  
    1.1K
    Shares

काठमाडौँ । एक सपिङ सेन्टरमा सपिङ गर्न पुगेकी एक महिलाले घरमा चाहिने खाद्यन्न सहितको सामाग्रीहरु किनिन् । त्यसपछि सबै सामानको नाम सहित बिल बनेर आएपछि उनको सात्तो गयो । यो घटना अमेरिकाको टेक्सासस्थित वालमार्ट शपिङ सेन्टरमा भएको हो । ती महिला सामान किनेर छोरीसँग लाइनमा पैसाको बिल तिर्न बसेकी थिइन् ।

आफुले बोकेको पैसा भन्दा बढी बिल उठेपछि उनी अत्तिएर रुन लागिन् । त्यसपछि उनकै अगाडी उभिएका क्यासिएरले उनको स्थिती बुझे । विस्तारै उनको हात समातेर उनलाई छोडिदिए । क्यासियरले गरेको व्यवहारले यो भन्थ्यो की उनी भन्दा पछाडी रहेका ग्राहकले पैसा बुझाउन सकुन् । त्यसपछि क्यासिरयले महिलााई कानमा तीन शब्द भने जुन शब्द सुनेर महिलाको आँखामा आशु देखियो ।

वास्तवमा भन्ने हो भने ती क्यासियरले महिलको आर्थिक अवस्था बुझेका थिए ।उनले जतिपनि सामान किनेकी थिइन् त्यो सबै सामान खानपिनकै लागि थियो । जब महिला बिल देखेपछि असहज देखिइन त्यो देखेर क्यासियरले महिलालाई छेउ लगाए । त्यसपछि ती क्यासियरले भने म्याडम एकछिन पर्खनुहोस् तपाईको बील म तीरिदिन्छु । तर ती महिला चाहन्थिइन आफ्नो आर्थिक समस्या आफुभन्दा पछाडी रहेका ग्राहकले थाहा नपाउन ।

तर त्यहाँ उपस्थित भएका एक व्यक्तिले उक्त घटनाको बारेमा विस्तृत जानकारी पाइसकेका थिए । घटनाको केही समय नबित्दै ती व्यक्तिले क्यासियरले गरिब व्यक्तिमाथि गरेको सहयोगको कहानी लेखेर सामाजिक सञ्जालमा सेयर गरे । ती महिलाले क्यासियरलाई भनेकी थिइन ‘ म सँग यतिको सामान किन्न सक्ने क्षमता छैन म केही सामान यहि छोड्न चाहन्छु ।’ त्यसपछि क्यासियरले ती महिलालाई केही छिन पर्खन आग्रह गर्दै भने तपाईको सामानको बिल म तिरिदिन्छु ।

अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख भएअनुसार ती क्यासियर १९ वर्षिय जेआर लोपेज हुन् । उनी पनि यस्तै अभावबाट गुजरा चलाएर आएका व्यक्ति थिए । उनी कलेज पढ्दा फि तिर्न नसकेर सुपरमार्केटमा काम गर्न आएका थिए । उनले आफ्नो समस्यालाई थाती राखेर भएपनि आफ्नो परिश्रमबाट आएको थारै रकम महिलाको बिल तिर्न सहयोग गरेको थिए ।

उनले गरेको यो प्रसंसनिय काम सामाजिक सञ्जालमा भाइरल भएपछि सञ्चारमाध्यम उनलाई खोज्दै उनको घरमा पु्गेको थियो । आफु पनि त्यस्तै समस्याबाट गुज्रिएको कारण महिलाको रोदनले भित्रैबाट सहायोगको भावना आएर सहयोग गरेको ती युवकले बताएका छन् । उनले यो भन्दा अगाडी पनि यस्ता कयौँ मानिसलाई सहयोग गरेको बताएका छन् । उनी भन्छन्, ‘अरुको खुसीको कारण बन्न सक्नु नै जीवनको लक्ष्य हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 80 = 85