अफगानिस्तानका पूर्वराष्ट्रपति मुजाद्धादीको निधन

  • 10
  •  
  •  
    10
    Shares

काबुल, २९ माघ । अफगानिस्तानका पूर्वराष्ट्रपति सिब्घाटुल्लाह मुजाद्धादीको सोमबार राती निधन भएको छ । 

स्थानीय सञ्चार माध्यमहरुले ९३ बर्षको उमेरमा उहाँको काबुलमै निधन भएको समाचार मङ्गलबार संप्रेषण गरेका छन् । 

सन् १९९२ को अप्रिलमा नाजिबुल्लाहले राजिनामा दिएपछि मुजाद्धादीले अन्तरिम राष्ट्रपतिको रुपमा देशको 
सेवा गर्नु भएको थियो । 

त्यसैगरी उहाँ सन् २००३ मा ‘लोया जिर्गा’ को अध्यक्ष पनि हुनु भएको थियो । सन् २००१ को अन्त्यमा 
तालिबानहरुको शासन सत्ता अन्त्यपछि जारी भएको संविधान पनि उहाँले अनुमोदन गर्नु भएको थियो । 

पूर्व राष्ट्रपति मुजाद्धिदी अफगानिस्तानको ‘नेसनल लिबरेसन फ्रन्ट’ नामक पार्टीको संस्थापक पनि हुनुहुन्छ ।उहाँको बुधबार अन्त्येष्टि गर्ने कार्यक्रम तय भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =