मुकेश अम्बानी छोराको विवाहको पहिलो कार्ड कसलाई दिइयो ? कहाँ र कहिले हुदैछ विवाह ?

  • 2K
  •  
  •  
  •  
  •  
    2K
    Shares

काठमाडौ । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश र निता अम्बानीका जेठो छोरा आकाश अम्बानीको विवाहको तयारी सुरु भएको छ । आकाशको विवाह मार्च ९ तारिखमा श्लोका मेहतासँग मुम्बईमा हुनेछ । उक्त विवाह समारोह मुम्बईको जियो वर्ल्ड सेन्टरमा तीन दिनसम्म दिने भएको छ । श्लोका व्यवसायी रसेल मेहताकी कान्छी छोरी हुन् । उनकी आमा मोना मेहता पनि ब्लू डायमन्ड्सको म्यानेजिंग डायरेक्टर रहेकी छिन् ।

श्लोकाले प्रिंसटन यूनिवर्सिटीबाट मानवशास्त्रमा २०१३ मा स्नातक डिग्री गरिसकेकी छिन् । त्यस्तै उनले स्कुल धीरूभाई अंबानी इंटरनेशनल स्कूलमा आकाश अम्बानी सँगै पढेकी थिइन् । उनी २०१४ देखी श्लोका रोजी ब्लू फाउन्डेशनको डायरेक्टर रहेकी छिन् । मुकेश र निता आफ्नो छोराको पहिलो कार्ड टक्र्याउन सिद्धी विनायक मन्दिर पुगे । त्यहाँ उनीहरुले भगवानको पूजा आराधाना गरे ।

मन्दिरमा निता अम्बानी रातो र सुनौलो रङको कुर्तामा र मुकेश भने सेतो रङको सर्ट र कालो पाइन्टमा पुगेका थिए । उनीहरुले मन्दिरको पुजा पछि डिएमके अध्यक्ष एमके स्टालिनलाई पनि उनको निवासमै गएर भेटेर छोरा आकाशको विवाहको निम्तो दिएका थिए ।

केही जानकारीका अनुसार आकाश अम्बानीको जन्ती बेलुकी साढे तीन बजे मुम्बईस्थित जियो सेन्टरमा जाने र भोलिपल्ट १० मार्चमा आकाश र श्लोकाको विवाह उत्सव मनाइनेछ । त्यसैगरी ११ मार्चमा वेडिङ रिसेप्सन हुने भएकाले यसमा दुबै परिवार र नजिकका आफन्त समावेश हुने बताए ।
तर विवाह अघि आकाशले आफ्ना साथीलाई स्विटजरल्याण्डमा ब्याचलर्स पार्टी २३ देखि २५ फेब्डअरीसम्म दिनेछन् । जहाँ बलिउडका कलाकारहरु रणबीर कपुर र करण जोहर पनि स्विटजरल्याण्ड जाने एक रिर्पोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 6