यसरी गर्नुहोस् उच्च रक्तचाप नियन्त्रण

  • 40
  •  
  •  
    40
    Shares

काठमाडौँ । अधिकांश मानिसमा देखिने उच्च रक्तचाप धेरैको समस्या बनेको छ । अस्तव्यस्त खानपान र जीवनशैलीको कारण उच्च रक्तचापको समस्याले कसैलाई छोड्न सकेको छैन् । यसले अव्यवहारीक जीवनशैली बिताएका, मानसिक बोझ बोकेका, कहत्वकांक्षाले लखेटेका, धपेटी पूर्ण जीवन बिताइरहेका मानिसमा यस्तो समस्याले सताइरहेको हुन्छ ।

उच्च रक्तचाप यस्तो रोग हो जसले अन्य रोगहरु पनि थप्दै गएको हुन्छ ।उच्च रक्तचापले मुख्यतया मुटुमा सास्या पैदा गराउँछ । जसको कारण मृगौलामा समेत असर पर्छ । यस्तै शरिरको अन्य अंगहरुमा पनि उच्च रक्तचापले असर पार्छ । त्यसकारण यो रोगलाई साइलेन्स किलर पनि भनिन्छ । कुनै इफेक्ट बिना नै यसले मानिसलाई मृत्युको मुखमा धकेल्छ । आफ्नै जीवनशैलीमा अभ्यस्त रहेको कारण हामी आफुले गरेको जुनसुकै कामको पनि छिट्टै नतिजा चाहन्छौँ ।

अर्धयता बढ्छ । यस्तो हुँदा मुटुको धड्कन बढी हुन्छ । खानपानमा फास्टफुड बढी मन पराउँछौँ । यस्तो किसिमको जीवनशैलीले हाम्रो शरिरमा रोगको भण्डार बढाउँछ । जसको कारण रक्त प्रवाहमा समस्या हुन्छ । खानाले शरिरमा विषाक्त तत्व बढाएको हुन्छ । जसले शररिरमा बोसोको मात्रालाई बढाउँछ र बोसो जम्छ । शरिरमा अत्याधिक बोसो जमेको कारण रक्त प्रवाहमा कठिनाइ आउँछ ।

उच्च रक्तचाप वंशाणुगत गुणको कारण पनि लाग्ने गर्छ । वंशाणुगत गुणकै कारण मृगौला लगायतका अन्य खराबीहरु बढ्दै गएको हुन्छ । विशेषत खानपानकै कारण उच्च रक्तचापको समस्या हुन्छ । उच्च रक्तचाप हुँदा मुटुको धमनीमा चाप बढ्छ र रक्तनली साँघुरिएर आउँछ । जसको कारण सबैअंगमा रगत पुग्न पाउँदैन् । उच्च रक्तचाप हुँदा चाउको दुख्ने चक्कर लाग्ने, मुटुको धड्कन बढ्ने जस्ता समस्या देखिन्छ । त्यसकारण यस्तो समस्याबाट ग्रसित महिलाहरुले बढी सचेत रहनुपर्छ ।

यस्तो समस्याबाट बच्नको लागि नुन कम खाने, नियमीत एक्सरसाइज गर्ने, गर्नाले उच्च रक्तचाप कम गर्न सकिन्छ । नियमित एक्ससाइज गर्दा मुटुलाई फिट बनाउन सकिन्छ । भने बलियो भइन्छ । पौडी खेलेर पनि उच्च रक्तचापलाई नियन्त्रण गर्न सकिन्छ । आर्टेरियोस्क्लेरोसिस, थ्रोम्बोसिस तथा भास्कुलर बायोलोजी एलमा प्रकाशिक एक अध्ययनलेबताएअनुसार मुटुलाई स्वस्थ राख्नको लागि हिड्डुल गर्नुपनि निकै महत्वपूर्ण कार्य हो । उच्च रक्तचापसँगै क्यान्सरलाई समेत हिडाइले कम गर्न सकिन्छ ।

उच्च रक्तचापलाई नियन्त्रण गर्नको लागि नियमित ४० मिनेछ हिड्नाले उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । साइकलिङबाट पनि रक्तचापलाई कम गर्न सकिन्छ । भने त्यस्तै कोलेस्ट्रोल, व्लड ग्लूकोज तथा तौललाई पनि नियन्त्रण गर्न सकिन्छ । त्यस्तै मदिरा सेवन कम गरेर, धुम्रपान नियन्त्रण गरेर, आफ्नो रक्तचाप चेकजाँच गरेर पनि नियन्त्रण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

34 + = 40