स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारीकाे क्यान्सरबाट निधन

  • 177
  •  
  •  
  •  
  •  
    177
    Shares

काठमाडौँ – स्वास्थ्यमन्त्री उपेन्द्र यादवकी बुहारी मनीषा यादवकाे निधन भएकाे छ। लामो समय देखि हड्डीकाे क्यान्सरबाट पिडित २६ वर्षीया यादवकाे आज दिउँसो भक्तपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएको हाे।

झन्डै ३ वर्ष देखि भारतमा क्यान्सरको उपचार गराइरहेकी उनलाई केही समय पहिले नेपाल ल्याइएकाे थियाे। मनीषा स्वास्थ्यमन्त्री यादवका छाेरा अमरेन्द्र यादवकी श्रीमती हुन्। मृतक मनीषाको आजै साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 10