पोखरामा एक बालकको घाँटी रेटी हत्या, छोराको लास देखेर आमा भइन बेहोस (भिडियोसहित)

  • 178
  •  
  •  
  •  
  •  
    178
    Shares

काठमान्डौ । पोखराको लेकसाइडमा एक १४ बर्षीय बालकको निर्माण भइरहेको घरभित्र घाँटी रेटेर हत्या गरिएको छ । सचिन सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार भएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले बताए ।

उनका अनुसार पाल्पा घर भएका ती बालक हाल लेकसाइडमा परिवार सगँ बस्दै आएका थिए । बालकको सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर करिब राती १ बजे हत्या गरिएको हुनसक्ने प्रहरीले जनाएको छ । त्यसका साथै मृतक बालकको आमा छोरोको लास देख्नसाथ विहोस भएर ढलेकी छिन् ।

अहिले प्रहरीले कुुकुरसहित घटनाको अनुसन्धानमा जुटेर घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । त्यस्तै मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको कार्कीले बताए । बाकी भिडियोमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

28 − 27 =