भैरहवाको बाल सुधारगृहबाट कैदीबन्दी फरार

  •  
  •  
  •  

रुपन्देही, २९ माघ । भैरहवाको बाल सुधारगृहबाट छ जना कैदीबन्दी फरार भएका छन् । गएराति करीब साढे ११ बजेको समयमा प्रहरीको आँखा छलेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

शौचालयको ग्रिल र बालगृह परिसरमा लगाइएको काँडे तारको जाली हटाएर उनीहरु भागेको प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिनुभयो । प्र्रहरीका अनुसार फरार हुनेमा जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देहीको देवदहका १६ वर्षीय जीवन खत्री, जबर्जस्ती करणी मुद्दामै सजाय भुक्तान गरिरहेका प्यूठानका १६ वर्षीय सुरेश घर्ती, चोरी मुद्दामा सजाय भोगिरहेका बुटवल–८ का १५ वर्षीय राजेश सुनार, पाल्पा तानसेनका–१७ वर्षीय सन्दीप रणपाल, स्याङ्जा बिरुवा गाउँपालिका–१७ वर्षीय अनिश थापा र उदयपुरका १७ वर्षीय सबिन भनिने सिद्धार्थजङ्ग लामा रहेका छन् । 

फरार अभियुक्त र कैदीहरुको रातिदेखि नै खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सामान्य घरलाई सुधारगृहका रुपमा सञ्चालन गरिएको र बालगृहमा प्रहरीले हतियार बोक्न नपाउने हँुदा सहज वातावरण भएकाले कैदीबन्दी फरार भएको प्रहरीले जनाएको छ । 

सामान्य घरलाई सुधारगृहका रुपमा सञ्चालन गरिएको र बालगृहमा प्रहरीले हतियार बोक्न नपाउने हँुदा सहज वातावरण भएकाले कैदीबन्दी फरार भएको प्र्रहरी उपरीक्षक थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाग्ने योजनाका साथ उनीहरुले पहिलेदेखि नै शौचालयको ग्रिल निकालेर साबुनले टालेर राखेका थिए ।” 

जिल्ला प्रहरी कार्यालयले कर्तव्यपालन नगरेको आरोपमा दुई जना प्रहरीलाई निलम्बन गरेको उहाँले बताउनुभयो । १८ वर्षमुनिका पुरुष कैदी र थुनुवालाई बाल सुधारगृहमा राख्ने गरिएको छ । सुधारगृहका कैदी र थुनुवालाई बालमैत्री वातावरणअन्तर्गत घाम ताप्न कोठाबाट बाहिर निकाल्ने गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7