क्रिकेट रंगशाला बनाए धुर्मुस सुन्तली देशकै हिरो बन्छन् : अनमोल केसी

  • 2.7K
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

काठमाडौं, ८ फागुन । युवा अभिनेता अनमोल केसी यतिबेला चलचित्र ‘क्याप्टेन’ को प्रोमोसनमा व्यस्त छन् । विभिन्न मिडियामा अन्तर्वार्ता दिने, चलचित्रबारे जानकारी गराउँदैको उनलाई फुर्सद छैन ।
पछिल्लो समय अनमोल आफ्नोबाहेक अरु कलाकारको पनि कुरा गर्ने भइसकेका छन् ।

उनको समकालीन अभिनेता प्रदीप खड्कासँग दोस्ती बढेको छ । विभिन्न नायिकासँग पनि उनको सम्बन्ध सुध्रिँदै गएको छ । यही क्रममा मिडियाएनपीसँगको कुराकानीका क्रममा अनमोलले हास्यकलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको समाजसेवाबारे पनि बोलेका छन् । धुर्मुस सुन्तलीले घोषणा गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पूरा गरे उनीहरू देशकै हिरो बन्ने अनमोलको भनाइ छ ।
धुर्मुस सुन्तली फाउन्डेसनले बुधबार रंगशाला निर्माणका लागि दक्ष जनशक्तिको विज्ञापन माग गरेको छ । उसले प्रोजेक्ट म्यानेजर, कन्स्ट्रक्सन म्यानेजर, आर्किटेक्ट, सिभिल इन्जिनियर, अफिस म्यानेजर, कम्युनिकेसन म्यानेजर, मार्केटिङ म्यानेजरलगायत धेरै जनशक्ति माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 10 = 1