‘युवती काण्ड’ ले चर्चित डिएसपी खत्रीलाई एसपी बढुवा उपाधि ! यतिसम्म गरेका रहेछन्

  • 546
  •  
  •  
  •  
  •  
    546
    Shares

काठमाडौं, ८ फागुन । सर्वेन्द्र खनाल आईजीपी भएपछि नेपाल प्रहरीमा विकृति विसंगति हट्ने आमअपेक्षा थियो । तर, खनाल बहाल भएकै बेलामा पनि यस्ता गतिविधि नियन्त्रण हुन सकिरहेका छैनन् । खासगरी दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकारको अगाडि खनाल प्रभावकारी बन्न सकिरहेका छैनन् । उनलाई विवाद र कमजोर पार्ने हर्कत भइरहेको छ ।

हुन त नेपाल प्रहरीमा विगतदेखि नै विभिन्न काण्ड चर्चित छ । त्यसमध्ये अहिले युवती काण्डले प्रहरी संगठनमा निकै चर्चा परिचर्चा हुने गरेको छ । हालै मात्र डीएसपीबाट एसपीमा बढुवा हुन सफल मेखबहादुर खत्रीबारे अहिले प्रहरी संगठनमा विभिन्न टीकाटिप्पणी हुने गरेको छ ।

स्रोतका अनुसार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत खत्री एउटा गोप्य काण्डमा विवादमा परेका थिए । सो काण्डको खुलासा उनी कीर्तिपुर वृत्त प्रमुख हुँदा छताछुल्ल भएको थियो ।

मानवअधिकारको क्षेत्रमा समेत सक्रिय एक युवतीसँग खत्री ‘लिभिङ टुगेदर’ मा बसेर पछि छाडेको प्रहरी अधिकृतहरू नै बताउँछन् । ती युवतीलाई खत्रीले विभिन्न प्रलोभनमा पारी मायाजालमा फसाएर उनको जिन्दगीमाथि नै खेलवाड गरेको आरोप लागेको थियो ।

घरमा श्रीमती हुँदाहुँदै खत्रीले ती युवतीलाई ‘बिहे गर्ने प्रलोभन’ देखाएर लिभिङ टुगेदर बस्दै आएको एक प्रहरी अधिकृतले बताए । युवतीले बिहेको प्रस्ताव गरेपछि डिएसपी खत्रीले इन्कार गरेपछि उनी रुँदै २०७३ फागुनमा तत्कालीन काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीको च्याम्बर पुगेको ती प्रहरी अधिकृतको भनाइ छ । तर, अहिलेसम्म ती युवतीले न्याय पाएकी छैनन् । तत्कालनि एसएसपी जोशीले छानबिन गर्न एसपी प्रद्युम्न कार्कीलाई निर्देशन दिए पनि त्यत्तिकै सामसुम पारियो ।

सो काण्डले उग्र रूप लिएपछि डिएसपी खत्री एक पत्रकारमार्फत तत्कालीन गृहमन्त्री जनार्दन शर्माकहाँ पुगेर र आफूमाथि लागेको आरोपबाट बचेको बुझिएको छ । अहिले तिनै विवादास्पद प्रहरी अधिकृत आठांै नम्बरको एसपीमा बढुवा हुन सफल भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 ÷ = 5