अस्ट्रेलियामा एआईबीटी कलेज खारेज भएपछि नर्सिंङ पढ्ने नेपाली विद्यार्थीको बिचल्ली, सम्पूर्ण रकम फिर्ता गर्न माग

  • 549
  •  
  •  
  •  
  •  
    549
    Shares

काठमाडौं, ८ फागुन । अस्ट्रेलियामा एआईबीटी कलेज खारेज भएपछि नर्सिंङ पढ्ने नेपाली विद्यार्थी बिचल्लीमा परेका छन् । एआईबीटी सिड्नी, ब्रिसबेन र ईटीईए भिक्टोरियामा नर्सिंङ पढ्न पुगेका नेपाली विद्यार्थी बिचल्लीमा परेका हुन् ।

गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले हालै दर्ता खारेजी गरिएको एआईबीटी कलेजसँग नेपाली विद्यार्थीहरुको सम्पूर्ण रकम फिर्ता गर्न माग गरेको छ । एनआरएन अस्ट्रेलियाकी प्रवक्ता डिला खरेलले एक विज्ञप्ति जारी गर्दै विद्यार्थी विचल्लीमा परेको खबरलाई आफूहरुले चासोपूर्वक लिएको जनाएकी छन् ।

नर्सिंङ पढाउन चाहिने न्यूनतम मापदण्डसमेत पूरा नगरी विद्यार्थीलाई भर्ना मात्रै गर्ने र अलपत्र पार्ने किसिमको गतिविधिबाट पीडित बनेकाहरुलाई सहयोग गर्न आफूहरु तत्पर रहेको भन्दै एनआरएनले पाँच बुँदे माग अघि सारेको छ । जसमा अस्ट्रेलिया र नेपालको सरकारी निकायहरुले यो प्रकरणको पूर्णत छानविन गर्न माग गरिएको छ ।

विज्ञप्तिमा यो प्रकरणमा संलग्न एजुकेसन कन्सल्टेन्सीहरुलाई प्रभावित विद्यार्थीहरुसम्म पुग्न आह्वान गरिएको छ । यस्तै, एनआरएनले कलेजहरुलाई पूर्णतः सम्बन्धनप्राप्त कोर्षको पढाइ पूरा गरेको सर्टिफिकेट उपलब्ध गराउन, त्यसो गर्न नसकेको अवस्थामा पूरै शुल्क फिर्ता गर्न र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

77 + = 85