सरकारले एकजना विद्यार्थीका लागि डेढ करोड खर्च गरेर स्कुल खोल्दै ,यस्तो छ कारण

  • 32
  •  
  •  
  •  
  •  
    32
    Shares

काठमाडौ । अहिलेको सुचना र प्रविधिको युगमा शिक्षा एकदमै महत्वपूर्ण रहेको हुन्छ । किनभने पहिलेको जमानामा कम मानिसहरु पढेलेखेका हुन्थे । तर अहिले धेरै पढे लेखेका भिडमा प्रतिस्पर्धा गर्नु पर्दछ । त्यसैले सरकारले पनि शिक्षा क्षेत्रमा निकै चासो देखाउने गर्दछ । आज हामी त्यसैमध्येको एक अचम्मको शिक्षाको बारेमा कुरा गदै छौ । जहाँ सरकारले एकजना विद्यार्थीका लागि डेढ करोड खर्च गरेर स्कुल खोलेको छ ।

यो शिक्षा अन्तै कतैको नभएर अमेरिकाको हो । व्योमिंगस्थित लारामी सहरमा सरकारले एकजना विद्यार्थीका लागि डेढ करोड रुपैयाँ भन्दा धेरै खर्च गरेर स्कुल खोल्ने तयारी गरेको छ । यो दोस्रो पटक खोलिएको स्कुल हो । यस भन्दा पहिले सन् २००४ मा पनि यस ठाउमा केवल एकजना बच्चाको लागि स्कूल खोलिएको थियो । सो स्कुलमा पढेका ती विद्यार्थीका अनुसार त्यो स्कुल शिक्षक र विद्यार्थी दुबैका लागि निकै अनौठो भएको जनाइन्छ ।

किन सरकारले खोल्यो एकजना विद्यार्थीको लागी करोडौ खर्च गरेर स्कुल ?
अमेरिकाको यो क्षेत्रको धेरैजसो भाग पहाडी इलाका भएकाले व्योमिंगको कानूनका अनुसार सहरी क्षेत्रबाट टाढा बस्ने बालबालिकाहरुलाई धेरै टाढाको स्कुलमा भर्ना गर्न नसक्ने यसको मुख्य कारण हो । किनभने पहाडी क्षेत्रमा सडकको अवस्था नाजुक भएकाले विद्यार्थीहरुलाई टाढाको स्कुलमा लैजान गाह्रो हुन्छ । त्यसैले सरकारले त्यहाँ भिडियो कन्फ्रेन्सिङ्गका माध्यमबाट समेत पढाउने कोसिस गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 1