‘नुन नलागेको तरकारी’ भन्दै एक दिनमै आलोचित बन्यो नयाँ ‘चट्ट रुमाल’, पुरानो गीतमा बढे दर्शक

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

माधव पाण्डे ,मिडिया एनपी
बलिउडमा ब्याप्त रिमेक प्रचलन नेपाली चलचित्र क्षेत्रमा पनि छाउन थालेको छ । चलचित्र ‘क्री’को ‘उकालीमा अघि अघि देखि’ देखि केहि समय अघि मात्र रिलिज भएको ‘बिर बिक्रम २’को ‘पिरतीको मिठो तिर्सना’ सम्मका गीतहरु रिमेड हुन् । रिमेक प्रचलनलाई विभिन्न दर्शकले आफ्नै शैलीमा लिने गरेका छन् । अहिले सम्मका रिमेड फिल्मी गीत हेर्ने हो भने कतिले दर्शकको मन जिते त कति आलोचित बन्न पुगे । यदि पुरानो गीतलाई न्याय गरेको खण्डमा भने दर्शकले राम्रो साथ समेत दिने गरेका छन् ।                 
यसैबीच, नेपाली चलचित्र ‘यात्रा’ टिमले पनि चलचित्र ‘आफ्नो मान्छे’मा समाबेस हिट गीत ‘चट्ट रुमाल क्या मालुम’ रिमेक गर्दै हिजो सार्वजनिक गरेको छ । प्राय सबै नेपालीले सुनेको र मन पराएको गीत ‘चट्ट रुमाल क्या मालुम’को रिमेकले छोटो समयमा राम्रो दर्शकको साथ पाएको छ ।

तर गीतका कमेन्ट हेर्नेहो भने नयाँ भर्जनबाट असन्तुष्ट दर्शकको संख्या बढि देखिन्छ । गीतले पुनर्जन्म पाएको भन्दै तारिफ गर्ने जति छन् त्यसको संख्यामा गीतका आलोचकहरु अत्याधिक देखिएका छन् । कतिले अरिजिनल गीतको जस्तो क्वालिटी नदेखिएको गुनासो गरेका छन् त कतिले नुन नलागेको तरकारी जस्तो समेत भनेका छन् ।


यता गीतको अरिजिनल भर्जनमा पनि दर्शकको भिउज बढ्न थालेको छ । नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहको लोभ्याउने डान्समा यता नयाँ गीतबाट चित्त नबुझेका दर्शकले कमेन्ट गर्न थालेका छन् । गीतमा बाबुराम दाहालको शब्द र रचना रहेको छ भने संगीत शम्भुजित बास्कोटाले दिएका छन् । यस्तै पुरानो भर्जनमा शम्भुजित र साधना सरगमले स्वर दिएका थिए भने रि–एरेन्ज गरिएको नयाँ गीतमा धर्मेन्द्र सेवान र मेलिना राइले स्वर दिएका छन् ।
हेर्नुहोस दुवै गीत :