इतिहासकै पहिलो पटक हेलिकप्टर प्रयोग गरेर बनाइएयो लोकदोहोरी गीतको म्यूजिक भिडियो

  • 925
  •  
  •  
  •  
  •  
    925
    Shares

काठमाडौँ । नेपाली लोकदोरी गीतको क्षेत्रमा इतिहासकै पहिलो रेकर्ड राख्ने उद्देश्यले निर्माणको गरिएको म्यूजिक भिडियोमा हेलिकप्टर प्रयोग गरिएको छ ।

समय परिवर्तनसँगै नेपाली लोकदोहोरी गीतको स्तरियता घटेको आरोप लागेको बेला चर्चित मोडल बिमल अधिकारी र सारिका केसी अभिनित लोकदोहोरी गीतको सुटिङमा हेलिकप्टर प्रयोग गरिएको हो । लगातार सुटिङको क्रममा रहेको उक्त गीतलाई करिब ७ लाख भन्दा बढी लगानी गरिएको म्यूजिक भिडियो निर्माण टिमले जानकारी दिएका छन् ।

पछिल्लो समय म्यूजिक भिडियोहरुमा चलेका कलाकार लिने र फिल्ममा अभिनय गर्ने कलाकारहरु समेत लोकदोहोरी गीतमा अभिनय गर्न थालेका छन् । ७ दिनदेखि सुटिङको क्रममा रहेको उक्त गीत केही दिनमा नै बजारमा ल्याउने म्यूजिक भिडियो निर्माण टिमले बताएको छ ।