यी नै हुन् पाकिस्तानी छोरी नेपालकी बुहारी आम्ना हेर्नुहोस् सुन्दर तस्वीर

  • 2.8K
  •  
  •  
  •  
  •  
    2.8K
    Shares

काठमाडौँ । सूचना आदनप्रदान गर्न र टाढिएका आफ्न्तलाई नजिक गराउने सजिलो माध्यम बनेको सामाजिक सञ्जालले धेरैको घरबार बसाएको छ । यस्तै सन्दर्भलाई लिएर यतिबेला एक जोडी सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

जो तीनै हुन् पाकिस्तानकी सुन्दर युवती आम्ना सफिख खान र नेपालको युवा सुदिन आचर्य । सामाजिक सञ्जालबाट पाकिस्तानकी युवती आम्नासँग जोडिएका बागलुङका सुदिनले अन्ततः आम्नासँग कानुनी रुपमा विवाह गरिसकेका छन् । बागलुङ नगरपालिका १२ अमलाचौरका २३ वर्षिय सुदिनले पाकिस्तानकी २२ वर्षिय युवती आम्नासँग कानुनी विवाह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत सुदिनसँग जोडिएकी आम्ना पाकिस्तानको रावलपिण्डीमा आइटी इञ्जिनीयरिङ अध्ययन गरिरहेकी छन् । स्पष्ट नेपाली भाषा बोल्ने आम्ना र सुदिनको चिनजान २ वर्ष अगाडी भएको हो । सामाजिक सञ्जालबाट जोडिएको उनीहरुको प्रेम सम्बन्धले गहिरो रुप लिएपछि विवाह गरेर सँगै बस्दै आएका छन् ।

अहिले दुवैजना सँगै छन् । आम्ना आइटि इञ्जिनिरङको अन्तिम चरणमा रहेकी छन् भने सुदिन कामको शिलशिलामा बाहिर जाने तयारीमा रहेका छन् ।