आयो अभिनेत्री आंचल शर्माको नयाँ गीत, द भाइव क्रूसंग गरिन् यस्तो दमदार डान्स (भिडियो)

  • 265
  •  
  •  
  •  
  •  
    265
    Shares

गायक रन लामाको आवाज र अभिनेत्री  आँचल शर्माको अभिनयमा ‘दुइ चार फन्कोे’ बालेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  भिडियोमा आँचलसंगै द भाइव क्रूको नृत्य प्रस्तुत गरिएको छ ।

रबि मल्लको शब्द कल्याण सिहंको संगीत रेहेको गीतमा मानशी किरणको एरेन्ज छ । भिडियोलाई इजेकेलले निर्देशन गरेका हुन् । कमल प्रसाइले भिडियोमा ड्रोन चलाएका छन् भने निर्देशक इजेकेलले नै क्यामरा सम्हालेका हुन् । भिडियोका सम्पादक रोशन गुरुङ हुन् ।

यो गीतबाट गायक रन लामा निकै आशा रहेको बताउने उनि म्युजिक भिडियोले राम्रो प्रतिक्रिया पाउँनेमा बिश्वस्त रहेका छन्  । यस्तै , गीत सुन्दा नै मन परेकाले अभिनय गर्न तयार भएको आँचल बताउँछिन् । आँचल भन्छिन् – ‘द भाइव क्रूको डान्स पनि राम्रो छ । यो गीतले राम्रा प्रतिक्रिया पाउँनेमा आशाबादी छु ।’

हेर्नुहोस भिडियो :