सोमबार फाइनलका लागि मगमग झापा ११ र आर्मी क्लब भिड्दै

  • 75
  •  
  •  
  •  
  •  
    75
    Shares

नेत्र बिक्रम बिमली / बिर्तामोड । विभागीय टोली त्रिभुवन आर्मी क्लब जारी झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले उपाधिका लागि सोमबार आयोजक मगमग झापा ११ सँग साबना गर्ने भएको छ । डोमालाल राजवंशी रंगशालामा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा दाफिन्सलाई १—० गोल अन्तरले पराजित गर्दै साविक विजेता समेत रहेको आर्मी उपाधि नजिक पुगेको हो ।

विदेशी टोली क्यामरुनको दाफिन्स फुटबल क्लबको आत्माघाती गोलको कारण आर्मीले फाइनलको यात्रा तय गर्न सकेको हो । खेलको म्यान अफ दी म्याच आर्मीका बिमल पाण्डे घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । १० टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजारसहित ट्रफी प्राप्त गर्नेछ ।