नायक प्रदीप खड्काको आज जन्मदिन, कति वर्ष लागे त ?

  • 177
  •  
  •  
  •  
  •  
    177
    Shares

काठमाडौं, २६ फागुन । अभिनेता प्रदीप खड्काको आज जन्मदिन । सन् १९९२ मार्च १० तारिखका दिन उनी ललितपुरको कुसुन्तीमा जन्मिएका हुन् । यस आधारमा प्रदीप आज आफ्नो २७औं जन्मदिन मनाउँदैछन् । प्रदीप अभिनित पहिलो चलचित्र ‘स्केप’ हो । पहिलो चलचित्रबाट खासै चर्चामा नआए पनि दोस्रो चलचित्र ‘प्रेमगीत’ ले उनलाई स्थापित बनाइदियो ।

त्यसपछि उनले लगातार ‘प्रेमगीत २’, ‘लिलीबिली’, ‘रोज’, ‘लभ स्टेसन’, ‘दीपेन्द्र सरकार’ चलचित्रमा काम गरिसकेका छन् । अहिले उनी ‘लभ स्टेसन’ चलचित्र रिलिजको प्रमोसनमा छन् । पछिल्लो समय नेपाली रजतपटमा अनमोल केसीपछि प्रदीप खड्का नै बिकाउका अभिनेता हुन् । चकलेटी अनुहार भएकाले पनि प्रदीप पहिलो रोजाइमा परेका छन् । यतिखेर उनका हातमा चारवटा चलचित्र छन्