नेपालीको सम्मानार्थ ज्याक्सन हाइट ७५ स्ट्रिटको नामाकरण गरी ‘माउन्ट एभरेस्ट वे’ राखियो

  • 83
  •  
  •  
  •  
  •  
    83
    Shares

एजेन्सी, २६ फागुन । न्यूयोर्क राज्य सरकारले कुइन्सस्थित ज्याक्सन हाइटको सडकलाई ‘माउन्ट एभरेस्ट वे’ नामाकरण गरेको छ ।

शनिबार न्यूयोर्क राज्य सरकारले एक भव्य समारोहका बीच ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखी ३१ एभिन्यूसम्मको सडकलाई माउन्ट एभरेस्ट वे नामाकरण गरेको हो ।

न्यूयोर्क सिटी काउन्सील मेम्बर कोस्टा कोन्स्टाटिनिजेडले सिटी काउन्सिलको बैठकमा नेपाल र नेपालीहरुको सम्मानार्थ सडकको नाम परिवर्तनको प्रस्ताव गरेका हुन् । राखेर पास गरेका हुन् । कोष्टा न्यूयोर्क सिटी काउन्सील अन्र्तगत २२ डिष्ट्किका सदस्य छन् ।

नेपाल सरकारको वाणिज्य दूतावास र सिटी काउन्सिलको संयुक्त आयोजनामा ‘माउन्ट एभरेस्ट वे’ घोषणा गरिएको हो । कार्यक्रममा न्युयोर्कमा रहेका सयौं नेपालीले सहभागिता जनाएका थिए ।