हाम्रो देशमा एटिएम बाट पानि निस्किन्छ, मेलम्चीबाट पैसा ! – व्यंग्य गर्दै लेखे माग्ने बुढाले यस्तो स्टाटस

  • 201
  •  
  •  
  •  
  •  
    201
    Shares

काठमाडौँ । मेलम्चीको पानी काठमाडौँ ल्याउन वर्षौदेखि जारी रहेको प्रयास अझै पनि सफल नभएको भन्दै हास्यब्याङ्ग्य कलाकार केदार घिमिरे माग्ने बुढाले सामाजिक सञ्जाल मार्फत ब्यङ्ग्य गरेका छन् ।

खानेपानी मन्त्री बिना मगरले ललितपुर महानगरपालीकाको प्राङ्गणमा नेपालमै पहिलो पटक एटिम वाटरको उद्धघाटन गरेपछि माग्ने बुढाले व्यंग्य प्रहार गर्दै ‘हामी यस्तो देशका नागरिक हौँ, जुन देशमा एटिएम बाट पानी निस्कन्छ मेलम्चीबाट पैसा निस्कन्छ’ भन्दै ब्यंग्य गरेका छन् ।

नेपालमा पहिलो पटक वाटर एटिएम प्रविधि ल्याइएको हो । ललितपुर महानगरमा उद्धघाटन गरिएको उक्त प्रविधि उपत्यकाका २० ठाउँमा जडान गरिने भएको छ ।