टर्किस एयरलाइन्सको बोइङ ७७७ विमान आकाशमै दुर्घटना

  • 141
  •  
  •  
  •  
  •  
    141
    Shares

एजेन्सी, २६ फागुन । टर्किस एयरको जहाज आकाशमै दुर्घटना भएको छ । टर्किस एयरलाइन्सको बोइङ ७७७ विमान टर्कीबाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थल आउँदै गर्दा दुर्घटना भएको हो ।
विमानमा २१ कर्मचारीसहित ३२९ जना सवार थिए । आकाशमा उडिरहेको जहाज एक्कासि (टर्बुलेन्स) हावामा तल खस्दा यात्रुहरु घाइते भएका हुन् । फायर डिपार्टमेन्ट अफ न्युयोर्कले ३२ जना यात्रु घाइते भएको जनाएको छ । सीएनएनले कम्तीमा पनि ३० जना घाइते भएको उल्लेख गरेको छ ।
विमान विमानस्थलमा अवतरण हुनासाथ दर्जन बढी एम्बुलेन्स र उद्धारकर्ताहरुले घाइतेलाई अस्पताल लगेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।