ड्रेसअप र बिबादबारे निरिसाको कडा जवाफ: हलिउडको भए पचाउने थिए हाम्रो पचाएनन् !

  • 37
  •  
  •  
  •  
  •  
    37
    Shares

काठमाडौँ । चलचित्र जानी नजानीबाट नेपाली फिल्म प्रवेश गर्न लागेकी निरिसा बस्नेत आफ्नो डेब्यु फिल्मलाई लिएर उत्साहित छिन् । भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’मा काम गरिसकेकी उनको पहिलो चलचित्र ‘जानी नजानी’ हो । ट्रेलर र रिलिज भएको गीतबाट फिल्मले राम्रो रेस्पोन्स पाएको छ । ट्रेलरमा उनको भूमिकालाई लिएर जति चर्चा भैरहेको छ त्यति नै चर्चा उनको ड्रेसअप लाई लिएर पनि हुने गर्दछ । हुन त नायिका भैसकेपछी ड्रेसअपको चर्चा हुनु नौलो बिषय भने हैन ।
उनले फिल्म ‘जानी नजानी’को एक इभेन्टमा लगाएको एक ड्रेसले मिडियामा खुबै चर्चा पाएको थियो । निलो कलरको ड्रेसमा खुलेकी निरिसा सुन्दर देखिएकी थिइन् । जति उनको तारिफ भयो, यता केहि भने उनको आलोचना गर्न पनि पछि परेनन् । हामीसंगको कुराकानीमा उनले ति आलोचनाहरुको एक एक जवाफ दिएकी छन् । के ड्रेसअप र बिबादबारे के भन्छिन् त निरिसा ?
हेर्नुहोस भिडीयो :