पहिलो नेपाली फिल्मको प्रिमीयरमा भाग लिन गुल्सन ग्रोवर नेपाल आउँदै, आउनेछिन् मनिषा पनि

  • 531
  •  
  •  
  •  
  •  
    531
    Shares

एजेन्सी, बलिउड एक्टर गुल्सन ग्रोबरले ‘द म्यान फ्रम काठमाण्डौ’बाट नेपाली फिल्ममा प्रवेश गरेका छन् । सोहि फिल्मको प्रिमीयरमा भाग लिन उनी नेपाल आउने भएका छन् । स्रोतका अनुसार उनको साथमा नेपाली बलीउड अभिनेत्री मनिषा कोईराला पनि उपस्थित हुनेछिन् । मनिषा र गुल्सन नजिकका मित्र हुन् । फिल्म राजधानीमा यहि मार्च १४ तारीखमा प्रिमीयर हुदैछ ।

आजभोली मनिषा नेपालमै भएका कारण उनी पनि प्रिमीयरमा सहभागी हुन सक्ने बताईएको छ । गुल्सन आफ्नो पहिलो नेपाली फिल्मलाई लिएर उत्साहित छन् । फिल्ममा उनका साथै कर्मा शाक्य, आना शर्मा , जोस मनुएल, निर शाह, मिथीला शर्मा लगायतको अभिनय छ भने फिल्म आउँदो चैत्र १ गतेबाट प्रदर्शनमा आउँदै छ ।