म्यानचेस्टर युनाइटेड जाँदै बार्सिलोनाका काउटिन्हो

  • 561
  •  
  •  
  •  
  •  
    561
    Shares

काठमाडौंः बार्सिलोनाका मिडफिल्डर फिलिपे काउटिन्होलाई म्यानचेस्टर युनाइटेडले अनुबन्ध गर्ने प्रयास थालेको छ । २६ बर्षिय काउटिन्हो १४ महिना अघि १४२ मिलियन पाउण्डमा लिभरपुलबाट बार्सिलोना गएका थिए । तर, उनले बार्सिलोनामा यो सिजन सोचेअनुरुपको प्रर्दशन गर्न सकेका छैनन् ।

सन्डे मिररका अनुसार युनाइटेडले उनलाई पुनः प्रिमियर लिगमा फर्काउने प्रयास थालेको छ र १०० मिलियन पाउण्ड तिर्न तयार रहेको छ । काउटिन्होले समेत प्रिमियर लिग सम्झिरहेको बताएका छन् । लिभरपुल फर्कने सम्भावना नरहेकोले उनी युनाइटेड जान सक्ने समचारमा उल्लेख छ ।

यद्यपी पेरिस सेन्ट जर्मेनले समेत उनलाई अनुबन्ध गर्न चासो देखाएको बताइन्छ । बार्सिलोनामा काउटिन्होले ६० खेल खेलेका छन् र १८ गोल गरेका छन् ।