यी हुन् प्रेमीको कुटाइ खाएका हिरोइन

  • 262
  •  
  •  
  •  
  •  
    262
    Shares

बलिउडमा अफेयर र ब्रेकअपका खबर सामान्य हुन् । त्यहाँ विवाह अनि सम्बन्धविच्छेदका किस्साहरू सार्वजनिक भई नै रहेका हुन्छन् । यस्तोमा यस्ता खबर पनि बाहिरिन्छन्, जसले दर्शकलाई छक्क बनाउँछन् । प्रेमीबाट पिटाइ खाएका हिरोइन पनि बलिउडमा बग्रेल्ती छन् । केही चर्चित हिरोइन, जसले भेटे प्रेमीको गोदाइ :

कंगना रनौत
अभिनेत्री कंगना रनौत र अभिनेता आदित्य पञ्चौलीको प्रेम सम्बन्धबारे जगजाहेर नै छ । केही समयअघिदेखि कंगनाले आदित्यले आफूसँग खराब व्यवहार गर्ने गरेको बताउँदै आएकी छिन् । कंगनाले पनि आदित्यको विरुद्धमा पुलिस केस गरेकी थिइन् । कंगनाको अर्का अभिनेता ऋतिक रोशनसँग पनि झगडा परेको थियो ।

प्रीति जिन्टा
सन् २००५ मा बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टाले नेस वाडियासँग डेट गरिरहेकी थिइन् । वाडिया आइपिएलमा किंग्स इलेभेन पञ्जाबको मालिक भइसकेका थिए । दुईबीच विवाद त्यतिवेला बढ्यो, जब वाडियाले एक पार्टीमा सबैको अगाडि प्रेमिका प्रितीलाई थप्पड लगाए । आफूलाई सार्वजनिक रूपमा गालीगलौज र हातपात गरेकोमा प्रितीले प्रेमी वाडियाविरुद्ध पुलिस केस गरेकी थिइन् । त्यसपछि उनीहरू छुट्टिए ।

ऐश्वर्या राय 
बलिउडको चर्चित प्रेमजोडीमा सलमान खान र ऐश्वर्या रायको नाम अग्रपंक्तिमा आउँछ । उनीहरूको प्रेम मात्र होइन, विवादको खबर पनि कैयौँपटक बाहिर आएका थिए । ऐश्वर्याले सलमानलाई छाड्नुमा सलमानको क्रुर व्यवहार प्रमुख कारक रहेको मान्ने गरिएको छ । ऐश्वर्याले सलमानलाई छाडेपछि पनि सलमान उनको पछि लागेका थिए र धम्की दिइरहन्थे । एकपटक अति भएपछि ऐश्वर्याले आफ्ना बाबुआमासँग मिलेर प्रेमी सलमानविरुद्ध पुलिस केस पनि गरेकी थिइन् । नया पत्रिकाबाट