इथियोपिया विमान दुर्घटना हुँदा १५७ जनासहित एक नेपाली युवतीको मृत्यु, को हुन् ती नेपाली ?

  • 372
  •  
  •  
  •  
  •  
    372
    Shares

काठमाडौ । इथियोपिया विमान दुर्घटना हुँदा विमानमा रहेका १५७ यात्रुसहित ८ जना चालकदलका सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ३६ देशका १५७ जना यात्रुसहित नेपाली नागरिक एकता अधिकारीको मृत्यु भएको पुष्टी भएको छ । उनको नैरोबीमा डब्लूएफपीकै एक बैठकमा सहभागी हुन जाँदै गर्दा विमान दुर्घटनामा परी मृत्यु भएको जनाएको छ ।

को हुन् नेपाली एकता ?
उनको नेपालको स्थायी घर गोरखा हो । उनी इथियोपियाको अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रम डब्लूएफपी कार्यालयमा सप्लाई चेन अफिसरका रुपमा कार्यरत थिइन् । उनी २०१८ सेप्टेम्बरमा सूचना व्यवस्थापन अधिकृतका रुपमा काम गर्न इथियोपिया पुगेकी थिइन् । बेलायतको एंगीला रस्किन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक र स्नातकोत्तर गरेकी थिइन् । पपुआ न्यू गिनी र नेपाल कार्यालय गरी उनले कुल तीन वर्ष १० महीना विश्व खाद्य कार्यक्रममा काम गरेकी थिइन् ।