भुतको फिल्म बनाउदै अर्जुन रामपाल, खेल्नेछन् आफै

  • 33
  •  
  •  
  •  
  •  
    33
    Shares

एजेन्सी, बलिउडका चुजी एक्टर अर्जुन रामपालले अब एक हरर फिल्म निर्माण गर्ने भएका छन् । एक अनलाइनसंग कुरा गर्दै उनले यसको खुलासा गरेका हुन् । अब अहिले उनको हातमा तिन फिल्म रहेका छन् । त्यस मध्य उनले निर्माण गर्ने र आफै खेल्ने फिल्म एक हरर फिल्म हुनेछ । यस अघि चलचित्र ‘ड्याडि निर्माण गरेका अर्जुनले उक्त हरर फिल्मको काम भैरहेकाले अहिले केहि खुलाउन नमिल्ने बताए ।

सन् २००१ मा अर्जुनले राजिव रायको फिल्म ‘प्यार इश्क और मोहब्बत’ मार्फत बलिउडमा प्रवेश गरेका थिए । तर उनले सोहि वर्षको अन्तिममा आएको ‘मोक्ष’बाट दर्शक र क्रिटिक्सको ध्यान आकर्षण गराउन सफल भएका थिए । मनिषा कोइरालाको अपोजिटमा उनि ‘मोक्ष’मा देखिएका थिए । उक्त फिल्म उनको पहिलो फिल्म थियो तर बिबिध कारणबस रिलिज मिति पछाडी सरेपछि दोस्रो फिल्म बन्न पुगेको हो । उनको अन्तिम रिलिज सन् २०१८ को फिल्म ‘पल्टन थियो ।