‘सारेगमप’ मा आयुष र प्रितमसँगै गायक शानले गाए नेपाली गीत, गोर्खाली सैनिकको गरे प्रशंसा (भिडियो सहित)

  • 3.6K
  •  
  •  
  •  
  •  
    3.6K
    Shares

काठमाडौं, २७ फागुन । जी टिभीबाट प्रसारण भइरहेको सिंगिङ रियालिटी शो सारेगमपमा नेपालका दुई बालक आयुष केसी र प्रितम आचार्यले निकै प्रंशसा पाइरहेका छन् । दुवैले जुरीहरूबाट कहिले शतप्रतिशत त कहिले ९७ प्रतिशतमाथि नम्बर पाइरहेका छन् ।
आइतबार राति प्रसारण भएको भागमा भक्तपुर ठिमी घर भएका आयुषले ९७ प्रतिशत भोट पाए । सबै जुरीले उनको गायनको निकै प्रशंसा गरे । उनको गायनबाट प्रभावित भएर बलिउड गायक शानले मञ्च नै सेयर गरे ।
शानले अर्का प्रतिस्पर्धी गायक प्रितमलाई मञ्चमा बोलाएर आफूले हिन्दी फिल्ममा गाएको पहिलो गीत ‘मुसुमुसु हाँसिदेउन लै लै…’ गीत गाए । शानले आफ्नो पहिलो हिन्दी गीत नेपाली गीतबाटै प्रभावित भएर तयार पारेको गाएको र सो गीत निकै चलेको कुरा सुनाए ।
त्यसअघि शानले नेपाली गोर्खाली वीरताको कुरा सुनाएका थिए । शोमा उपस्थित भएका भारतीय नागरिकले भने, ‘जब कोही मलाई मर्न डर लाग्दैन भन्छ भने कि त उसले झुट बोलिरहेको छ, कि त ऊ गोर्खाली हो भन्ने बुझ्नुपर्छ’ भन्दा निकै बेर ताली बजेको थियो ।