नेवारी र नेपाली मिश्रित गीत ‘ओ मैचा…’ युट्युबको २ नम्बर ट्रेन्डिङमा (भिडियो)

  • 238
  •  
  •  
  •  
  •  
    238
    Shares

काठमाडौं, २७ फागुन । नेवारी र नेपाली भाषा मिश्रित गीत ‘ओ मैचा…’ युट्युबको २ नम्बर ट्रेन्डिङमा परेको छ । ब्रिजेश श्रेष्ठको स्वर रहेको सो गीतका रचनाकार र संगीतकार बियोन्ड हुन् ।
सोमबार बिहानसम्म गीतलाई १७ लाख ६३ हजार ८२० पटक हेरिएको छ । ब्रिजेश श्रेष्ठ र वर्षा कर्माचार्र्यले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
गीतले लाइक मात्रै ५८ हजार पाएको छ भने कमेन्ट तीन हजार बढीले गरेका छन् । म्युजिक भिडियोलाई नेस स्टुडिओ निर्माण गरेको हो ।