‘जानी नजानी’ टाइटल गीतमा मनिष र निरिशाको यस्तो रोमान्स (भिडियो)

  • 38
  •  
  •  
  •  
  •  
    38
    Shares

एजेन्सी, चलचित्र ‘जानी नजानी’को टाइटल गीत रिलिज भएको छ । चैत्र १ देखि रिलिज हुने ‘जानी नजानी’ फिल्मको यस अघिको ‘यौटीलाई मुटुमा घर’ बोलको गीत रिलिज भैसकेको छ । रिलिजको नजिक आईपुग्दा रिलिज भएको टाइटल गीतमा फिल्ममा दुई लिड कलाकार मनिष शाह र निरिशा बस्नेत रोमान्टिक बनेका छन् ।

अर्जुन पोखरेलको संगीत र मोदनाथ खनालको शब्द रहेको गीतमा अन्जु पन्त र प्रताप दासले आवाज भरेका छन् । पवन सिंहको कोरियोग्राफीमा बनेको गीतमा सुन्दर दृश्यहरु समेत देखाईएको छ । चलचित्र ‘जानी नजानी’मा मनिष र निरिशाका अलावा सन्नी सिंह, नम्रता श्रेष्ठ लगायत अन्य कलाकारको अभिनय छ । चलचित्रलाई सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेका हुन् भने बसन्त अधिकारीले निर्देशन गरेका हुन् ।