फेरी सार्वजनिक भए थाइल्यान्डको समुद्री किनारमा प्रेमी आयुष्मानसँग प्रियंकाको मदहोस तस्बिर

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौं, २८ फागुन । नायिका प्रियंका कार्की सधैंजसो चर्चामा आइरहने कलाकार हुन् । आयुष्मान देशराज जोशीसँग दुई–दुईपटक इन्गेजमेन्ट गरेकी प्रियंका सामाजिक कार्यक्रम सुरुवात गरेलगत्तै थाइल्यान्ड पुगेकी छन् ।
प्रेमी आयुष्मानसँग छुट्टी मनाउन बैंकक पुगेकी प्रियंकाले इन्स्टाग्राममा लगातार ग्ल्यामरस तस्बिर पोस्ट गरिरहेकी छन् । तस्बिर हेर्दा कुनै चलचित्रको गीतको सुटिङ हो कि जस्तो पनि लाग्न सक्छ । तर, वास्तविकता त्यो होइन, उनले प्रेमी आयुष्मानसँग विभिन्न रोमान्टिक पोजमा तस्बिर खिचाएकी छन् । अधिकांश तस्बिरमा प्रियंका एकदमै थोरै कपडामा देखिएकी छन्, त्यो पनि निकै पातलो ।
इन्स्टाग्राममा तस्बिर राख्दै प्रियंकाले लेखेकी छन्, ‘के पो भनम्ला’ । के पो भनम्ला गीतको भिडियोसमेत उनले राखेकी छन् । जुन गीतमा उनी निराजन प्रधानसँग मोडलिङ गरेकी छन् । गीतलाई प्रताप दास र छानु गुरुङले गाएका छन् ।