टिकटकको कमाल, तिन वर्ष अघिको गीत ”तिम्रो मायाले बाधेर राख” बन्यो रातारात भाईरल

  • 304
  •  
  •  
  •  
  •  
    304
    Shares

काठमाडौँ, पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय एप टिकटक गीत संगीत प्रोमोसनको पनि राम्रो मध्यम बनेको छ । अहिले कुनै पनि गीत रिलिज भैसके पछि टिकटकमा अपलोड गरि भिडियो बनाउने चलन नै बनेको छ भने पुराना गीत पनि फेरी सामाजिक संजालमा भाईरल बन्ने गरेका छन् । यसैबीच सन् २०१६ मा रिलिज भएको गायक श्याम कार्किको ”तिम्रो मायाले बाधेर राख” बोल रहेको गीत पनि पछिल्लो समय टिकटकमा भाईरल बनेको छ ।

टिकटकमा सुनेर दर्शक युट्युबमा गीत हेर्न आउने भएकाले उक्त गीतको भिउज समेत बढेर ११ लाख भन्दा बढी पुगेको छ । एल्बम २०१६ मा समाबेश रहेको उक्त गीतमा श्याम कार्किको स्वर रहेको छ भने रबी मल्ल को शब्द रहेको छ र गीतलाई बिराट कडरियाले संगीत गरेका हुन । उक्त भिडियाेमा आश्मा गिरि र श्याम कार्की स्वयमको अभिनय रहेकाे छ, भने छायाकंन शतिज श्रेष्ठ , अनिल के मानन्धर र उमङ्ग शाहिकाे रहेको छ । यस गीतलाई सम्पादन तथा निर्देशन भने सतिज श्रेष्ठले गरेका हुन ।
हेर्नुहोस गीत :