नेकपा सांसद शान्ता चौधरी बोल्दाबोल्दै बेहोस, अस्पताल भर्ना

  • 117
  •  
  •  
  •  
  •  
    117
    Shares

काठमाडौं, २८ फागुन । नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरी बोल्दाबोल्दै बेहोस भएकी छन् ।

मंगलबार बिहान करिब ९ बजे तुलसीपुरस्थित सरकारी वकिलको कार्यालय उदघाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिब्रो लर्बराएर उनी ढलेकी थिइन् । उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको नेतृ चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिए ।

चौधरीको प्रारम्भिक उपचारपछि होस खुलेको छ । डा. पदमराज अधिकारीले रिपोर्ट आएपछि मात्रै उनको समस्याका बारेमा भन्न सकिने बताए । कार्यक्रमस्थलबाट प्रादेशिक अस्पतालको दूरी करिब डेढ किलोमिटर टाढा छ ।