फोटो खिच्न आएका पत्रकारलाई सात वर्ष पनि नपुगेकी ऐश्वर्या पुत्री आराध्याले यसरी थर्काइन् (भिडीयो)

  • 487
  •  
  •  
  •  
  •  
    487
    Shares

एजेन्सी, अभिनेत्री ऐश्वर्य राय छोरी आराध्यालाई लिएर प्रोटेक्टिभ रहने गर्दछिन् । कहिले कहिँ आवश्यक भन्दा बढी प्रोटेक्टिभ भएको भन्दै उनको आलोचना समेत हुने गर्दछ । हालै आकाश अम्बानीको बिवाह पार्टीमा बच्चन परिवार पुगेका थिए । प्राय छोरीलाई काख मै लिएर हिड्ने ऐश्वर्यले यसपाली भने छोरीलाई हिड्न दिएकि थिइन् ।

क्यामेरालाई पोज दिने क्रममा ऐश्वर्या र अभिषेकले हाँस्दै पोज दिएका देखिन्छन् भने यता आराध्या भने क्यामेरा देखेर ईरिटेड देखिएकी छन् । पोज दिने अवधिभर आराध्या कन्फ्युज देखिन्छिन् । ऐश्वर्या र अभिषेकले सम्हाल्न खोजेपनि आराध्या क्यामेरा मेनले लेफ्ट राइट भन्दा भन्दै दिक्क मानेको देख्न सकिन्छ । त्यति मात्र हैन पोज दिएर सकिएपछि हिड्ने बेला क्यामेरा मेनले अझै फोटो खिच्न भनेपछि आराध्याले झर्किंदै ‘बस गर्नुस’ भनेको सुन्न सकिन्छ ।
हेर्नुहोस भिडीयो :