नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी अस्वस्थ

  • 21
  •  
  •  
  •  
  •  
    21
    Shares

लमही, २८ फागुन।  नेकपा संसदीय दलका सचेतक शान्ता चौधरी अचानक अस्वस्थ हुनुभएको छ । दाङ तुलसीपुरमा रहेको उच्च सरकारी वकिल कार्यालयको नयाँ भवन उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा रिँगटा लागेपछि उहाँलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुखको गाडीमा अस्पताल लैजाँदै गर्दा बाटामा बेहोश हुनुभएकामा हाल होशमा आएको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभयो ।

बिहान करीब १० बजेतिर बेहोश हुनुभएका चौधरीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि होशमा आउनु भएको हो । चिकित्सकले उहाँको अवस्था सामान्य रहेको भनी जानकारी दिएको स्वकीय सचिव दहितले जानकारी दिनुभयो । उहाँको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । उच्च रक्तचापका कारण यस्तो समस्या देखिने गरेको स्वकीय सचिव दलिहतले चिकित्सकलाई उद्धृत गर्दै भन्नुभयो । चौधरी यसअघि संविधान दिवसका अवसरमा काठमाडौँको टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा पनि बेहोश हुनुभएको थियो ।