रियल आएपछि जिदानले भने, ‘नेयमार दुनियाँका सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन्’

  • 642
  •  
  •  
  •  
  •  
    642
    Shares

काठमाडौंः रियलले पूर्वप्रशिक्षक जिनेदिन जिदानलाई पुनः प्रशिक्षकमा नियुक्त गरेको छ । क्लब छाडेको १० महिना पछि जिदान पुनः रियलमै फर्किएका छन् । च्याम्पियन्स लिग उपाधीमा ह्याट्रिक गरेसँगै जिदान रियलबाट अलग भएका थिए । उनले छोडेपछि सुपरस्टार क्रिस्टियानो रोनाल्डाले समेत रियल छोडेका थिए ।

यो अवधिमा रियल अहिलेसम्मकै खराब अवस्थाबाट गुज्रिएको छ । आगामी सिजनमा रियलले रोनाल्डोको विकल्प खोज्ने छ । रियलको पहिलो रोजाईमा छन् ब्राजिलियन कप्तान नेयमार । नेयमारका लागि रियले ३५० मिलियन यूरोको अफर समेत गरेको समचार सार्वजनिक भइसकेका छन् ।

प्रशिक्षक नियुक्त भएपछि जिदानले नेयमारको प्रसंसा गरेका छन् । उनले नेयमारलाई दुनियाँका सर्वश्रेष्ठ खेलाडी मध्ये एक भनेका छन् । ‘नेयमार दुनियाका सर्वश्रेष्ठ खेलाडी मध्ये एक हुन् । उनी यस्ता खेलाडी हुन्, जो सुकै पनि उनको खेलबाट सन्तुष्ट हुन सक्छ,’ जिदानले भनेका छन् । जिदानले रोनाल्डोको उपयुक्त विकल्प नेयमार हुन सक्ने संकेत समेत गरेका छन् ।

क्लबका अध्यक्ष फ्लोरेन्टिनो परेजले समेत आगमी सिजनका लागि आवश्यक तयारी थालिएको बताएका छन् । स्पेनिस मिडियाका अनुसार पेरेजले आगामी सिजन नेयमारलाई अुनबन्ध गर्न सबै उपाय अबलम्बन गर्ने भएका छन् । नेयमारसँगै केलियन एमबाप्पे र इडेन हार्जाड पनि रियलका विकल्प भएको बताइएको छ ।