रोनाल्डोले ह्याट्रिक गरेपछि एट्लेटिकोलाई हराउँदै युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

  • 364
  •  
  •  
  •  
  •  
    364
    Shares

काठमाडौंः युभेन्टस च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुपरस्टार क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक गरेपछि युभेन्टसले एट्लेटिको मड्रिडलाई अन्तिम १६ को दोस्रो लेगमा ३–० ले पराजित गर्दै समग्रमा ३–२ को जित हात पारेको हो । पहिलो लेगमा एट्लेटिको २–० ले विजयी भएको थियो ।


खेलको २७ औं मिनेटमा उत्कृष्ट हेडिङ गोल गर्दै रोनाल्डोले घरेलु मैदानमा आफ्नो टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको ४८ औं मिनेटमा पुनः हेडिङ गोल गर्दै रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाउंदै समग्रमा २–२ को नतिजासम्म पुर्‍याए ।

खेलको ८५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले ह्याट्रिक पुरा गरे । एट्लेटिको म्याड्रिड प्रतियोगिताबाट बाहिरिएको छ ।