साल्के विरुद्ध म्यानचेस्टर सिटीको शानदार जित, गर्यो ७ गोल

  • 31
  •  
  •  
  •  
  •  
    31
    Shares

काठमाडौंः म्यानचेस्टर सिटीले साल्केमाथी ७–० को शादार जित हात पारेको छ । घरेलु मैदानमा मंगलबार राति भएको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेलमा सिटीले ७–० को नतिजा निकालेको हो । यससँगै सिटीले समग्रमा १०–२ को फराकिलो जित निकाल्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । पहिलो लेगमा सिटीले ३–२ को जित हात पारेको थियो ।

सिटीको फराकिलो जितमा फरवार्ड सर्जियो अगुइरोले २ गोल गरे । यस्तै लिरोए साने, रहिम स्ट्रलिङ, बर्नाडो सिल्भा, फिल फोडेन र गाब्रियल जेससले गोल गरे ।

सिटीले खेलको ३५औं मिनेटमा सर्जियो अग्यूरोको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो । ३८औं मिनेटमा अग्यूरोले व्यक्तिगत दोस्रो गोल गरे । ४२ औं मिनेटमा लिरोए सानेले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता बनायो ।

५६ औं मिनेटमा रहिम स्र्टलिङले गोल गरे । ७१ औं मिनेटमा बर्नाडो सिल्भाले गोल गरेपछि सिटीले ५–० को अग्रता बनायो । ७८ औं मिनेटमा फिल फोडेनले गोल गरे ।

८४औं मिनेटमा बर्नाडो सिल्भाको पासलाई गाब्रियल जेसुसले गोल गरेपछि सिटीले ७–० को फराकिलो जित आत्मसात ग¥यो ।