पूर्वराजा आजदेखि पुनः मधेस भ्रमणमा, कहाँ के गर्दैछन् ?

  • 30
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं, २९ फागुन । आमा रत्नराज्य विरामी भएपछि तराई भ्रमण स्थगित गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले आजबाट मध्यतराई भ्रमण सुरु गर्दैछन् । झन्डै एक साताको विश्रामपछि उनी मधेस झर्न लागेका हुन् ।

पूर्वराजाले आज धनुषाबाट तराई यात्रा सुरु गर्नेछन् । जनकपुरपछि शाहले भोलि सर्लाहीको मलंगवामा रहेको दुर्गा मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम छ । फेरि उनी जनकपुर फर्केर चैत १ गते जानकी मन्दिरमा पूजापाठ गर्नेछन् ।

पूर्वराजाले २ गते उदयपुरको गाईघाटमा राधाकृष्ण मन्दिर र ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि शाह झापा जानेछन् । भ्रमणका क्रममा पूर्वराजा शाहले सुभेच्छुकहरुसँग भेट गर्नुका साथै मुलुकको पछिल्लो अवस्थाबारे परामर्शसमेत गर्ने बताइएको छ ।