निता अम्बानीले छोराको विवाहमा लगाएको साडीमा लेखाएकी थिइन् मन छुने शब्द

  • 434
  •  
  •  
  •  
  •  
    434
    Shares

काठमाडौँ । एसियाकै धनि व्यक्ति मुकेश अम्बानी र निता अम्बानीका छोरा आकाश अम्बानीको विवाह केही दिन अगाडी मात्रै सम्पन्न भयो । उनको विवाहमा देशका विशिष्ट राजनितिज्ञदेखि लिएर थुप्रै कलाकारहरु समेत उपस्थित भएका थिए ।

छोराको विवाहमा अम्बानी परिवारले निकै उत्कृष्ट ब्रान्डेड पहिरणमा सजिएका थिए । साथमा बेहुली श्लोका पनि सुन्दर देखिएकी थिइन् । यद्यपी निताले भने विल्कुलै फरक पहिरन लगाएकी थिइन् । उनले लगाएको पहिरन प्राय सामाजिक सञ्जालमा भाइरल हुने गर्छ ।

उनले छोराको विहेमा पिंक कलरको हेबी एम्ब्रोयडरी गरिएको लेहेगां लगाएकी थिइन् । ब्याउजमा छोरा र बुहारीको नाम लेखेकी थिइन् भने लेहेगांमा ‘शुभारम्भ’ शब्द लेखाएकी थिइन् । पिंक कलरको लेहेगांमा हरियो रंगको गहनाले सजिएकी निता निकै सुन्दर देखिएकी थिइन् ।