आयो युवा ज्योतिष हरिहर अधिकारिको चलचित्र ‘शुभ लभ’को अर्को गीत ‘टुक्रियो एउटा सपना’

  • 20
  •  
  •  
  •  
  •  
    20
    Shares

काठमाडौँ, चलचित्र ‘शुभलभ’को नयाँ गीत सार्वजनिक भएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको स्याड गीत सार्वजनिक भएको हो । चैत १५ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको ‘शुभ लभ’ को उक्त गीतमा विशाल निरौलाको शब्द, संगीत र स्वर रहेको छ । उक्त गीतको भिडियोमा नव अभिनेता अधिकारी नायिका क्रिस्टिन पौडेलको यादमा तड्पिएका छन् ।

सन्तोषबाबु लोहनीको डेब्यु निर्देशनमा बनेको यस फिल्मको कथा पनि युवा ज्योतिष हरिहर आफैंले लेखेका हुन् । चलचित्रमा हरिहर र क्रिस्टिनका अलावा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोललगायतका कलाकारको पनि अभिनय छ ।