२०२२ मा हुने विश्वकपको लागी ४८ देश सहभागी हुँदै ! अन्य ५ देशमा पनि खेल हुने

  • 911
  •  
  •  
  •  
  •  
    911
    Shares

काठमाडौं । आगामी विश्वकप फुटबल २०२२ का लागी कतारमा भव्य तयारी भइरहेको छ । त्यसका लागी विश्वकपमा सहभागी टिमको सङख्या बढाउने तयारी भइरहेको छ । पहिले ३२ टिमको सहभागिता रहने खेलमा अहिले टिमको सङख्या बढाएर ४८ पुयाउने तयारी भइरहेको जनाएको छ । तर यसको लागी अन्तिम फेसला हुन भने बाँकी रहेको छ ।

त्यस्तै एक रिपोर्टका अनुसार फिफाले बढ्ने टिमको लागी अन्य ५ छिमेकी देशहरुमा समेत खेल खेलाउनको लागी नयाँ स्टेडियमको खोजी सुरु गरिसकेको छ । जुन खेल बहराइन, कुवेत, ओमान, साउदी अरब र युएइमा हुने जनाएको छ । स्टेडियमको दर्शक क्षमता कम्तीमा ४० हजार हुनुपर्नेछ । त्यसैले कतारले अहिले ८ वटा स्टेडियम बनाइरहेको छ । त्यस्तै यी ५ देशहरुसँग पनि छलफल गर्न खोजिरहेको छ । किनभने विश्वकपमा खेल्ने टिमको संख्या बढ्दा आयोजकहरुलाई करिब ४५ अर्ब रुपैयाँ फाइदा हुने अनुमान गरिएको छ । तर यो विषयमा जूनमा बस्ने फिफाको बैठकमा अन्तिम फैसला हुनेछ ।