किन चलाउदिनन् करीना कपूरले फेसबुक र ट्विटरदेखि कुनैपनि सामाजिक संजाल, दिइन् यस्तो जवाफ

  • 42
  •  
  •  
  •  
  •  
    42
    Shares

एजेन्सी, अहिलेको समयमा जोसुकै पनि सामाजिक संजालमा प्राय सक्रिय हुन्छन् । सर्वसाधारण देखि अझ सेलेब्स त झन् सक्रिय हुने गर्दछन् । आफ्ना क्रियाकलापबारे फ्यानलाई अपडेट दिन होस् चाहे आफ्ना सामाग्रीको प्रोमोसन गर्न नै किन नहोस कलाकारले विभिन्न सामाजिक संजालको प्रयोग गरिरहेका हुन्छन् । तर कोहि यस्ता कलाकार पनि छन् जो सामाजिक संजालबाट टाढा रहन मन पराउछन् । जस मध्य कि एक हुन् करीना कपूर । बलिउडकि बेबो करीना अहिले २ बर्षिय तैमुरकि आमा समेत भैसकेकी छन् । उनि फेसबुक र ट्विटर देखि इन्स्टाग्रम सम्म कुनैपनि सामाजिक संजाल चलाउदिनन् ।

हालैमा एक च्याट शोमा पुगेकी करीनाले यसबारे प्रश्न गर्दा जवाफ दिएकी छन् । उनका अनुसार उनलाई सामाजिक संजाल चलेर बोझ थप्न चाहन्निन् । ‘सामाजिक संजालमा एक्टिभ भैसकेपछि आफ्ना फोटोहरु हाल्नु पर्ने हुन्छ । कुनै बिषय चर्चामा आउँदा ट्विट मार्फत त्यसबारे बोल्ने पर्ने जस्तो बाध्यता हुन्छ । मलाई यो सबै झन्झटमा पर्नु मन छैन’ उनले जवाफ दिइन् । आफुले नचलाएपनि सामाजिक संजालमा भैरहेका क्रियाकलापबारे भने अपडेट लिने गरेको उनले खुलाईन् । पछिल्लो समय उनि चलचित्र ‘गुड निउज’ को काममा ब्यस्त छिन् ।