लाखौंले मन पराएको प्रदीपको ‘लभ स्टेसन’ ट्रेलर अनमोलले मन पराएनन् ?

  • 234
  •  
  •  
  •  
  •  
    234
    Shares

काठमाण्डौ, अहिले अभिनेता अनमोल केसी अभिनीत क्याप्टेन दोस्रो सातामा प्रदर्शन भैरहेको छ । उनका निकट प्रतिस्प्रधी मानीने अर्का अभिनेता प्रदिप खड्काको पछिल्लो चलचित्र लभ स्टेसनको पनि ट्रेलर सार्वजनिक भैसकेको छ । उक्त ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रीया पाईरहँदा अनमोल केसीले भने यसबारे केहि बोलेका छैनन् । अहिले उनी अभिनी अर्को चलचित्र ए मेरो हजुर ३ पनि प्रदर्शनको नजिक छ ।
तिनै अनमोलको क्याप्टेन रिलीज हुँदा अभिनेता प्रदिप खड्काले ट्रेलरको खुलेर प्रशसां गरेका थिए । अझ उनले त आफु र अनमोललाई दाजुभाई समेत भनेका थिए ।

यता प्रदिपको लभ स्टेसनले मिलीयन भिउज पाईसक्दा पनि अनमोलले केहि बोलेका छैनन् । केहि समय अघिको पत्रकार भेटघाटमा प्रदिपको लभ स्टेसन ट्रेलर मन पर्यो भने अवश्य सेयर गर्छू भनेका अनमोल यस विषयमा किन मौन छन् त । यसका पक्कै दुई कारण हसन सक्छन् । कि त उनले ट्रेलर नै हेरेका छैनन् कि उनलाई उक्त ट्रेलर मन नपरेको हुन सक्छ । तर जे होस आफूहरुबिच कुनै किसीमको मनमुटाव र प्रतिस्प्रर्धा नरहेको दुवै नायकले बारम्बार भन्दै आएका छन् ।